होमआइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’
काठमाडौँ । कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बस्नुभएको छ ? छ ,भने स्वास्थ्यावस्थाका गम्भीर ध्यानदिन दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन नभुल्नुहोला । पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेका छन् । काठमाडौँँ लगायत प्रमुख शहरका सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल सङ्क्रमित धमाधम बिएण्डसीमा ‘हवाई लिफ्ट’ भैराखेका हुन् । दशदिन होमआइसोशनमा रहेका काठमाडौँ सातदोबाटोका ५७ वर्षीया सावित्री श्रेष्ठ आज बिहान ‘हवाई लिफ्ट’ गरी बिएण्डसीमा भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा जारी विज्ञप्तिमा हालसम्म अस्पतालमा हवाई लिफ्ट’ भएका अधिकांश बिरामी थप पढ्नुहोस् ...













