काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो
काभ्रेपलाञ्चोक । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार कार्यालयले सुन्तला बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा थप पढ्नुहोस् ...












