संघर्ष र अनुभवबाट खारिएका मन्त्री हितबहादुर तामाङ, जसले पर्यटन मन्त्रालय सम्हाल्दैछन्

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०८०, बुधबार उज्यालो फोकस

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार नवनियुक्त मन्त्री हितबहादुर तामाङले सम्हाल्दैछन् । कम्युनिष्ट आन्दोलनमा चार दशकभन्दा लामो समय बिताएका नवनियुक्त मन्त्री तामाङको काँधमा मुलुकका सँस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी आइपरेको छ ।

राजनीतिमा बाल्यकालदेखि संघर्ष गर्दै खारिएका उनीसँग यसअघि युवा तथा खेलकुद मन्त्रालय सम्हालेको अनुभव छ । नवनियुक्त मन्त्री तामाङ नुवकोटबाट लगातार निर्वाचित जितेका प्रतिनिधिसभा सदस्य हुन् । राजनीतिक जीवनका क्रममा उनी २५ महिना बन्दी समेत बनेका थिए ।

यस्तो छ, नवनियुक्त मन्त्री तामाङको जीवनी
नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट नुवाकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा जन्मिनुभएको हो ।

मध्यम निम्न वर्ग किसान परिवारमा जन्मिनुभएका उहाँले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा आफ्नो औपचारिक शिक्षा सुरुवात गरी सोही विद्यालयबाट २०३९ सालमा एस.एल.सी. दिनुभएको हो । एसएलसी दिनुभएलगतै २०४० मा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिव २ वर्ष अध्यापन गर्नुभएका उहाँको जीवनशैली तथा बाल्यअवस्था गाउँमै सामन्य रुपमा वितेको थियो । उहाँको २ छोरी र १ छोरा छन् ।

नवनियुक्त मन्त्री तामाङले करिव ४ दशकभन्दा लामो समय राजनीतिक जीवन विताएका छन् । उहाँ २०३६ सालमा १६ वर्षको कलिलै उमेरमा माक्र्सवाद, लेनिनवाद, माओवादको दर्शनबाट प्रभावित हुनुभई कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । २०३६ सालमा अनेरास्ववियुको छैटौ जिल्ला सम्मेलनबाट सदस्य बन्नुभएका उहाँले २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हाल्नुभएको थियो । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गनुभएका उहाँ २०४७ सालमा पार्टी सदस्य बन्नुभएको थियो । २०४८ सालमा उहाँ एकता जिल्ला सम्मेलन पछि जिल्ला उपाध्यक्ष हुनुभयो । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रिय सदस्य बन्नुभएका उहाँले पार्टी नै जीवन हो भन्ने लागेर २०४९ सालमा पार्टीको पूर्णकालिन भएर आफ्नो जीवन पार्टीमा समर्पित गर्नुभएको थियो । उहाँ २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्य बन्नुभएको थियो ।

२०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उहाँ जनयुद्धको सुरुवातमै तत्कालनि नेकपा माओवादीमा आवद्ध हुनुभई भूमिगत हुनुभएको थियो । भूमिगत रहँदा २०५३ सालमा क्षेत्रिय व्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्जको रुपमा उहाँले काम गर्नुभयो । उहाँ २०५९ सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बन्नुभयो ।

देश र जनताको लागि लड्दा देशद्रोहीको अभियोगमा भारतिय सरकारले उहाँलाई २०५९ जेठ २० गते गिरफ्तार गरी केन्द्रिय कारागारमा २५ महिना बन्दी बनाएका थिए । नेकपा माओवादी शान्ति प्रक्रियामा आए पश्चात भने उहाँ रिहा हुनुभएको थियो । उहाँ तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदको सदस्य बन्नुभएका मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्व सरकारको युवा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । वि.स. २०७४ सालमा पनि उहाँ नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बन्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार