संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०८०, बुधबार समाचार
फिक्कल (इलाम)   ।    आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् ।
मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षणमा जागरुक बन्न थालेका हुन् । उनीहरु लिम्बू समुदायका कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धधन तथा पुस्तान्तरणमा जुटेका हुन् ।
लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको अगुवाइमा कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले यही बिहीबार र शुक्रबार ‘प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव’ नै आयोजना गर्दैछन् ।
आदिवासी याक्थुङ÷लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताए । “वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेका छन्”, अध्यक्ष सोङ्मीले भन्नुभयो, “आफ्नै समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि इलाममा पहिलोपटक महोत्सव आयोजना गरिएको छ ।”
दुई दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन बिहीबार सांस्कृतिक झाँकीसहित लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ), धाननाच ९याःलाङ०, पालाम, हाक्पारे, ख्यालीलगायत कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिने अध्यक्ष सोङ्मीले जानकारी दिए ।
“महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (केःलाङ) सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, उनले भने, “सहभागीले ताजा (पुरुषले लगाउने संस्कृतिक पोसाक) र मेख्ली(महिलाले लगाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शनी गरिनेछ ।”
दोस्रो दिन विभिन्न विषयमा छलफलका साथै महोत्सवका सहभागीका लागि तरेचा (लिम्बू सांस्कृतिक परिकार) तयार गरी वितरण गरिने अध्यक्ष सोङ्मीले बताउनुभयो । त्यस्तै अन्य सांस्कृतिक परिकार तोङ्बा ९एक प्रकारको जाँड०, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार