काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
काठमाडौँ । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । ‘संस्कृतिको उत्थान, इतिहासको संरक्षण र नागरिकको स्वाभिमान स् सुशासन, सेवा र विकासमार्फत वडा निर्माण हाम्रो अभियान’ नाराका साथ नगरपालिका वडा नं १० ले आज बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौँ उपत्यका नगरप्रमुख मञ्चले सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिए । उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताए । उनले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिए । वडावासीले थप पढ्नुहोस् ...











