गरीब जनता भन्छन्: दशैँ कसरी टार्ने ?
काठमाडौं। टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागेर कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कएकी हुन् । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भनिन्, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर पर्यो। पछि पल्लो घरकी दिदीले धान दिनुभो । अब दशैँमा भोकै रहनु पर्दैन ।’’ धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्थिन् । कोरोना संक्रमण फैलन थालेपछि उनी काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको थप पढ्नुहोस् ...












