विराटनगर । प्रदेश १ सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
भोलि (सोमबार) साढे १२ बजेका लागि तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिव गोपालप्रसाद पराजुलीले सभामुखको आदेश अनुसार विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको सूचनामार्फत जनाएका छन् । यसअघि फागुन २० गते डाकिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर भोलिका लागि सारिएको थियो ।






