नेकपा विभाजन नभएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७७, बिहीबार समाचार

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि पक्षसंग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बिहबिार कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेकपा आधिकारीक रुपमा एक रहेकाले तत्काल कुनै पनि पक्षले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले नभएको निष्कर्ष निकालेको हो ।

केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय सत्तारुढ नेकपाकै हातमा रहेको भन्दै अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उहाले बिकसित राजनीतिक घटनाक्रमको समिक्षा गरिरहेको बताए । उनले संसदमा अविश्वास प्रस्ताव आयो भने सोहि समयमा नै छलफल हुने जानकारी दिए ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले सरकारका बारेमा निर्णय गर्नु हत्तारो हुने बताए । संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने उनको भनाई छ । पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री संसदमा जान नैतिकताले नदिने उल्लेख गरे ।

नेकपा कानुनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको पनि जनाएको छ । यसअघि प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राख्नुभएको थियो ।

प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार