फैसलाको पूर्ण पाठ अध्ययन गरेपछि मात्रै अघि बढ्छु : सभामुख सापकोटा

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार समाचार

काठमाडौँ । संघीय सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चले संवैधानिक सर्वोच्चता कायम गरेको पनि बताए ।

‘संवैधानिक सर्वोच्चता कायम गरेको छ । अदालतप्रति विश्वास बढेको छ । यो निकै महत्वपूर्ण परिघटना बनेको छ । नेपालका सर्वोच्च अदालतले इतिहासका खासखास बेलामा यस्तै निर्णय गर्ने गरेको छ,’ उनले भने, ‘पुस ५ मा मर्माहत भएको थिएँ । प्रतिनिधि सभाको सभामुखको हैसियतले, नागरिकको हैसियतले । संविधानमाथि प्रहार हुँदा । आज पुनर्स्थापनाको पक्षमा निर्णय भएकोमा म आज असाध्यै खुसी भएको छु ।’

उनले अदालतले नेपाली जनतालाई पुन एकजुट बनाएको प्रतिक्रिया दिए । उनले प्रतिनिधि सभाको कार्यसूचीबारे भने फैसलाको पूर्ण पाठ अध्ययन गरेर मात्रै अघि बढ्ने बताए । ‘अदालतको निर्णय मात्रै आएको छ । फैसलाको पूर्ण पाठ अध्ययन गरेपछि मात्रै अघि बढ्छु,’ उनले भने, ‘संविधान जारीपछिको नयाँ घटना हो, मेरो लागि पनि नयाँ हो । राम्रोसँग अध्ययन गरेर संसद अगाडि बढाउनुपर्छ भन्ने सोचेको छु ।’

पुस ५ पछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णयहरुका विषयमा सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने सापकोटाले बताए । उनले संवैधानिक नियुक्तिको विषयमा टिप्पणी नगर्ने पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार