गाउँपालिकाको आफ्नै एम्बुलेन्स

गलकोट । कोरोना कहरमा एम्बुलेन्स विहीन बनेका गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । तीन महिना अघि भारत सरकारको सहयोगमा बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्रापत गरेको थियो भने अहिले ताराखोला गाउँपालिकालाई प्रवासीको सहयोगमा उम्बुलेन्स प्राप्त भएको छ ।

ताराखोला गाउँपालिकालाई गलकोट समाज जापानको आर्थिक सहयोगमा खरिद गरेको एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

यसअघि गाउँपालिकाको आफ्नै एम्बुलेन्स थिएन । कोरोना महामारीमा गाउँपालिकाले बिग्रिएर थन्किएको एम्बुलेन्स लिएर मर्मत गरी चलाउदै आएको थियो ।

अध्ययन र रोजगारीको शिलशिलामा जापान पुगरे संगठिन भएका गलकोटेहरुले गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा समस्या भएको जनाउँदै रु. ११ लाख रकम जुटाएर पठाएका थिए । रकम पठाएको ६ महिनामा सरकारी प्रक्रिया मार्फत कर छुट गरी एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । समाज जापानका पूर्व अध्यक्ष नरबहादुर थापा, लेखा समिति संयोजक तेज चालिसे लगायतले गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि विरामीलाई सहज हुँने गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ । गाउँपालिकाले एम्बुलेन्स चालक समेत नियुक्ति गरिसकेको छ ।

एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण गरी सुत्केरी र गर्भवतीलाई निःशुल्क, अति बिपन्न परिवारलाई छुटमा एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाले एम्बुलेन्समा सुविधा थप गर्न झण्डै एक लाख खर्चने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सहज रुपमा विरामीलाई अस्पताल पु¥याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ । गाउँपालिकाले संक्रमितलाई निःशुल्क बोक्दै आएको छ । अन्य विरामीलाई सर्भसुलभ दरमा एम्बुलेन्स सेवा दिने गरी गाउँपालिकाले चालक व्यवस्थापन गरेको हो । भाडाको एम्बुलेन्स सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले आफ्नै एम्बुलेन्स भएपछि सहज हुँने बताए । उनले ताराखोला गाउँपालिकाका जनतालाई सस्तो मुल्यमा एम्बुलेन्स सेवा दिने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार