तामाङ राजा ह्रेन्जेन दोर्जेको जीवनीमा आधारित गीत ‘दोङह्राप ह्वाइ’ सार्वजानिक

काठमाडौं । काभ्रेको ऐतिहासिक क्षेत्र तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको जीवनीमा आधारित गीत ‘दोङह्राप ह्वाइ’ को पहिलो भाग बजारमा आएको छ । काठमाडौंको तीनकुनेस्थित एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र भनेर चिनिने तेमाल र तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको इतिहासलाई गीतको माध्यमबाट आम नेपालीहरुलाई बुझाउन खोजेको छ ।

रमेश खनाल र कृष्ण विजय श्रेष्ठले प्रायोजन गरिएको दोङ्ह्राप ह्वाईको विशेष सम्पदाक शंख बुद्ध लामा र मान बहादुर तामाङ रहेको छन भने सि.बि.लामा मुख्य निर्माता, जिल्ला दोर्जे लामा सम्पादक रहेका छन ।

यस ऐतिहासिक गीत दोङह्राप सार्वजनिक कार्यक्रमका शव्द संकलन हिराकाजी लामाले गरेका थिए ।

‘दोङह्राप ह्वाइ’ को अर्को भाग-२ र ३ पनि छिट्टै बजारमा ल्याउने तयारी गरिरहेको निर्माण टिमले जानकारी दिएको छ ।

गीतमा संगीत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको रहेको छ भने यस गीतमा चन्द्रकुमार दोङको साथमा ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रस्मी तामाङ दोङको आवाज रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार