काठमाडौं । तामाङ कथानक चलचित्र ‘काख्रे’को आइटम गीत‘ङाला जोवन’ बजारमा आएको छ । काठमाडौको बौद्ध पिपलबोटस्थित त्रिवेणी फास्टफुडमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले काख्रे टिमलाई बधाई एंव शुभकामना व्यक्त गर्नुहुँदै आफु तामाङ चलचित्रमा भएको बिकास देखेर खुशी भएको बताए ।
त्यसैगरी चलचित्रका निर्देशक रोशन फ्युबाले युवा पुस्ताले खोजेको कथालाई समावेश गरी चलचित्र निर्माण गरिएको बताए । उनले आगामी बैशाखमा चलचित्र प्रदर्शन गर्ने तयारी गरिरहेको बताए ।
साङ्गे ब्लोन तामाङ्ले लेखेको गीतमा विशाल काल्तनको संगीत, गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँ ले संगीत संयोजन गरेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
उक्त म्युजिक भिडियोमा प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाले मुख्य अभिनय देख्न सकिन्छ भने अजय स्याङतान र खेम मोक्तानले कोरियोग्राफी, प्रकाश तामाङ वाइवाले छायांकन गएका हुन ।
कलाकार प्रभा घिसिङले भने आफुले कथा अनुरुप अभिनय गरेको बताइन ।
चलचित्रमा कथाकार रितु राज पाख्रिनको कथा रहेको छ । उनले चलचित्र बारे बोल्दै आफुले यो भन्दा अगाडिको चलचित्रमा तामाङ मौलिकता र संस्कार संस्कृतिलाई समेटिएको र यो चलचित्रमा भने अहिलेको पुस्ताको कथा लेखेको बताए ।
चलचित्र बारे बोल्दै नायिका सुनिता लुङ्बाले आफुले चलचित्रमा सकेको मेहनत गरेको बताइन ।
प्रबल थिङ र आईसिङ घलानको निर्माणमा बनेका चलचित्रलाई नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छ् भने रितुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, सिंग ब. तामाङ , प्रबल थिङ, प्रभा घिसिङ, सपना वाइबा र कोपिला घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।






