काठमाडौं । प्रदेश १ को संसद बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल नै सुरु नगरी यसअघि बैठक स्थगित गरिएको थियो ।
आज बस्ने बैठकको कार्यसूची तयार गर्न सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद बैठक २ बजेको लागि बोलाइएको छ ।
माघ ७ का लागि बोलाइएको पहिलो बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राईले अर्को पक्षका १६ सांसदलाई निलम्बन गरेका छन् ।






