लुम्बिनी निर्माण व्यवसायी संघले बनायो व्यवसायिक भवन

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार लुम्बिनी

भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले निर्माणसम्पन्न गरेको व्यवसायिक भवनको समुद्घाटन गरिने भएको छ । यही माघ १० गते शनिबार भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

शनिबार बिहान ११ बजे समुद्घाटन कार्यक्रम सुरु हुने लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवालीले बताए । भवनको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले समुद्घाटन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए । दुईतले आठ कोठे भवन ४५ लाखको लागतमा भवन निर्माण गरिएको उनले बताए । भवनको भुंइतला र पहिलो तलामा ४÷४ गरी ८ वटा सटर रहेको भनाइ छ ।

‘निर्माण व्यवसायीहरुबाटै रकम संकलन गरेर भवन निर्माण गरिएको हो, संस्थाको कोष अभिवृद्धिमा यसले सहयोग पुग्छ भन्ने उद्देश्यले यो कार्यमा लागेका हौं,’ ज्ञवालीले भने ।

भवनको गत भदौ १५ गते शिलान्यास गरी २४ गतेदेखि निर्माण कार्य सुरु गरिएको भवन निर्माण समितिका संयोजक तथा संघका निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेले बताए । भवन निर्माण आचारसंहिता अनुसार नै भवन निर्माण गरिएको संघका सल्लाहकार उज्जवल पोखरेलले बताए ।

वि.सं.२०५३ सालमा स्थापना भएको लुम्बिनी निर्माण व्यवसायी संघमा हाल ३५० जना सदस्य आबद्ध रहेको संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार