मिस तामाङ २०२१ आयोजना हुने, एभरेष्ट फेसन होमद्वारा १३ औं संस्करणको लागि आवेदन खुल्ला

उज्यालो प्रतिनिधि १७ पुष २०७७, शुक्रबार कला/साहित्य

काठमाडौँ । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको १३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला गरिएको छ ।

उद्देश्य
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै आएको होमका अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।’

आवेदनका लागि
सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ ।
आवेदनका फारम आजैबाट खुला गरिएको छ भने माघ ९ गते अन्तिम समय तोकिएको छ ।

‘माघ १० गते छनौट गरि माघ १४ बाट तालिम सुरु हुनेछ’, अध्यक्ष ब्लोन भनिन्, ‘आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछ ।

विजेताले के के पाउनेछन पुरस्कार ?

मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ ।
यसैगरी १० वटा सवटाइटल बिजेतालाई पुरस्कृत गरिनेछ ।

मिस तामाङ सहभागिताले एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्षता बनाइनेछ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार