माप्य दुधकोशी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयद्धारा निशुल्क जग्गा दान

उज्यालो प्रतिनिधि ३ पुष २०७७, शुक्रबार १ नं. प्रदेश

सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दान गरेका छन । गाउँपालिकाको वडा नम्बर ३ (तत्कालिन बासा ४ र ५) का स्थानीयले गाउँपालिकाको भवन तथा अन्य कार्य प्रयोजनका लागि निशुल्क ५० रोपनी जग्गा दिने बचनबद्धता बमोजिम सोमबारदेखि गाउँपालिकाको नाममा जग्गा पास गर्न शुरु गरिएको हो ।

जसमध्ये केही जग्गादाता बिदेशमा रहेका कारण अहिले करिब ३६ रोपनी जग्गा गाउँपालिकाको नाममा पास हुने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका अनुसार बुधबारसम्म तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई, लछिकन्या राई, दिर्गे राई, बनमाया राई, मनराखी राई, अशोक राई, राम्सिङ राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

बाँकी जग्गा पनि छिट्टै नै गाउँपालिकाको नाममा पास हुनेछ । तर हालका लागि गाउँपालिकाले जग्गा भोगचलन गर्न सम्बन्धित जग्गाधनिवाट गाउँपालिकाले प्रतिबद्धता प्राप्त गरिसकेको छ ।

माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरुको भौगोलिक रुपमा समान दुरीमा पर्ने, एउटै प्लटमा पर्ने जग्गा निशुल्क उपलब्धता हुने वडा नम्बर ३ स्थित वासा स्वास्थ्य चौकी नजिकैको माँझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्र भित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राबिधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने निर्णय गरेको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार