सङ्घीयतालाई कसैले समाप्त पार्न सक्दैन : मुख्यमन्त्री राई

उज्यालो प्रतिनिधि ३० मंसिर २०७७, मंगलवार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको त्याग, बलिदान एवं सङ्र्घषपछि आएको सङ्घीयतालाई कसैले समाप्त पार्न नसक्ने बताएका छन ।

विराटनगर महानगरपालिका–१४ मा निमार्ण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको आज शिलान्यास गर्दै उनले लोकतन्त्र र सङ्घीयतामा नागरिकले विकास निर्माणको अनुभूति गर्न पाएको र प्रयोगशाला निर्माण त्यसको उपहार भएको बताएको हो ।

मुख्यमन्त्री राईले सङ्घीयताका कारण सिंहदरबारको अधिकार जनताले आफ्नो घरआँगनमा अनुभूति गर्न पाएका छन् भन्दै विगत तीन वर्षको अवधिमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास निर्माणमा जनसहभागितालाई जोडेको बताए ।

उनले केही मानिस सडकमा आएर सङ्घीयताको विरोध गर्दै अर्को विकल्प चाहियो भन्छन् तर आफू सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारले देश र जनताका लागि के काम गरे भन्ने कुरामा आत्मचिन्तन गर्नुपर्नेमा जोड दिँदै गणतन्त्रको विकल्प राजतन्त्र कदापि हुन सक्दैन उनले भने ।

“नेपाली जनतामा सङ्घीयता स्थापित भइसकेकाले अर्को व्यवस्था अब सम्भव छैन”, उनले भने, “आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुु¥याउनु सरकारको दायित्व हो ।” मुुख्यमन्त्री राईले प्रदेश प्रयोगशाला सञ्चालनमा आएपछि सबै प्रकारको सेवा सर्वसाधारणले यहाँबाट पाउने उल्लेख गर्दै प्रदेशमा निर्माण हुने अत्याधुनिक प्रयोशालालगायत भौतिक संरचनाले सङ्घीयता कार्यान्वयमा बल पुगेको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशाला स्थापनाले आवश्यक परीक्षणका लागि यहाँका सर्वसाधारण नागरिक अब काठमाडौँ तथा भारत जानुपर्ने बाध्यताबाट मुक्त हुने बताउँदै प्रदेश सरकारले विकास निमार्णमा ठूलो उपलब्धि हासिल गरेको विचार व्यक्त गरे । उनले आगामी आठ महिनाभित्र प्रयोगशाला सञ्चालनमा आउने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड महामारी नियन्त्रणका लागि तीन तहको सरकारको सहकार्यमा उल्लेखनीय कार्य भएको चर्चा गर्दै प्रयोगशाला निर्माणको काम गुणस्तरीय र समयमा सम्पन्न हुुनुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य जयराम यादव, प्रयोगशालाविज्ञ सन्तोष उपाध्याय काफ्ले, सेभ द चिल्डे«नका हरि बजगाई, प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, प्रयोगशालाका अशोक शिवाकोटी, प्रतीक्षा कार्की र प्रकाश कार्कीलगायतले गुणस्तरीय प्रयोगशाला स्थापना हुनु प्रदेशवासीका लागी गौरव र खुशीको कुरा भएको बताए ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आठ कठ्ठा १२ धुर जग्गामा निर्माण हुन लागेको चार तल्ले प्रयोगशाला भवनमा २५ वटा कोठा रहने छन् । रु आठ करोडको लागतमा निर्माण हुन लागेको सो भवनको पहिलो तल्लामा नसर्ने रोगको प्रयोगशाला, दोस्रो तल्लामा सर्ने रोग र तेस्रो तल्लामा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार