वसन्त र समिक्षाको आवाजमा ‘माया देकै हो’ बजारमा

उज्यालो प्रतिनिधि २९ मंसिर २०७७, सोमबार कला/साहित्य

काठमाडौँ । गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

युट्युब तीन लाख ४० हजार बढीले हेरिसकेको जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन तथा गायक थापाकै सङ्गीत छ । गीतको भिडियोमा रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गर्नुभएको छ । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गर्नुभएको छ ।

सङ्गीतकार थापाका गीतले युट्युबमा पनि उत्तिकै भ्यूज बटुलिरहेको बताइएको छ । उहाँका धेरै गीत करोड क्लबमा छन् । उहाँले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युबमा छ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको वर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार