शंशाक कोइरालाको नेतृत्वमा विराटनगरमा सरकारविरुद्ध र्‍यालीसहितको प्रदर्शन

उज्यालो प्रतिनिधि २९ मंसिर २०७७, सोमबार १ नं. प्रदेश

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । सोमबार (आज) बाट सुरु भएको देशव्यापी प्रदर्शनमा महामन्त्री समेत रहेका डा. शंशाक कोइरालाको नेतृत्वमा विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको हो ।

विराटनगरस्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ ।

भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएका कारण कांग्रेस सडकमा ओर्लनु परेको महामन्त्री कोइरालाले विरोधसभामा बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार