‘मानव अधिकारकर्मीले नागरिकको जीविकोपार्जन क्षेत्रमा कार्य गर्नुपर्छ’

उज्यालो प्रतिनिधि २५ मंसिर २०७७, बिहीबार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानव अधिकारकर्मीले नागरिकको जीविकोपार्जन क्षेत्रमा कार्य गर्नुपर्ने बताउनुभएको छ ।

‘महामारीमा मानव अधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ नाराका साथ मानव अधिकार सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जाल विराटनगरद्वारा ७२औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा दुई मानव अधिकारकर्मी मणि अर्याल र विष्णु शर्मा पन्तलाई सम्मान गर्दै उहाँले आजको मुख्य चुनौती भनेको जीविकोपार्जन, स्वास्थ्य, महिला हिंसा, बालविवाह, असमानतासँग जोडिएकालाई प्राथमिकतामा राखेर कार्य गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले निजी अस्पतालले यो त्यो बहानामा अनुचित शुल्क लिई नागरिकलाई प्रताडित गरेकामा त्यसको अनुगमन गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्क्रमितको उचित र गुणस्तरीय उपचारका लागि प्रदेश सरकार एडडियु, आइसियु र भेन्टिलेटरसहितको थप २०० श्ययाको अस्पताल चाँडै सञ्चालनमा ल्याउने कार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कोरोना खोप उपलब्ध हुनासाथ विधि बनाएर अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बालक, वृद्ध र दीर्घ रोगीलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मोरङको मिक्लाजुङमा चन्दा नदिएका कारण शिक्षक हत्या गरिएकामा भत्र्सना गर्दै अपराधीलाई कानूनअनुसारको कारवाहीका लागि माग गर्नुभयो ।

उहाँले नागरिकको मानव अधिकार रक्षाका लागि दीगोरुपमा एकजुट भई लड्न आग्रह गर्दै राजनीति मुद्दामा राजनीतिरुपमा र अपराधीलाई कानूनअनुसार कारवाही गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले शिक्षक राजेन्द्र श्रेष्ठ हत्यारा आतङ्ककारी भएको उल्लेख गर्दै हत्या र आतङ्क सिर्जना गर्नेलाई प्रोत्साहन नगरी एक स्वरमा मानव अधिकारकर्मीले विरोध गर्ने बताउनुभयो ।

मानव अधिकार सञ्जालका अध्यक्ष डिगबहादुर घिमिरे, महिला सञ्जालकी प्रदेश संयोजक मञ्जिता उपाध्याय, सम्मानित मानव अधिकारकर्मी रक्षक मणि अर्याल, विष्णु शर्मा पन्त, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले मानव अधिकारकर्मीले अरुको आवाज विहीनको हक अधिकारलाई कायम गर्न सदैव कार्य गर्नुपर्ने बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार