बालिका यौन दुर्व्यवहार कसुरमा ३ महिना जेल

उज्यालो प्रतिनिधि १२ मंसिर २०७७, शुक्रबार १ नं. प्रदेश

गाईघाट । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र रु १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार कार्कीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार