शास्त्र अनुसार कुन आँखा फर्फराउँदा के हुन्छ ?

एजेन्सी । कुन आँखा फर्फराउँदा शुभ कि अशुभ के हुन्छ ? जानी राखौ ! शास्त्र अनुसार हाम्रो शरीरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला । त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुहोस्।

१. यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ। महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।

२. बायाँ आँखाको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।

३. बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।

४. यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।

५. दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।

६. यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार