मनोज कार्की ,गुल्मी । गुल्मेली गायक बाबु मुस्कान जीको ‘तिम्रो माया’ नामक लोकदोहोरी गित बजारमा आएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ७ घमिरमा जन्मिएका बाबु मुस्कान जीले आफ्नै युटुब च्यानलबाट बजारमा ल्याएका हुन ।
गीतलाई दर्शक तथा स्रोताले माया गर्नेमा विश्वासत रहेको बताएका छन । गीतमा माया प्रेममा हुने यर्थात् चित्रण गर्न खोजिएको छ ।
गीतमा पबित्रा सरतुङ्गे मगरको आवाज रहेको छ भने लय शब्द गायक बाबु मुस्कान जीको रहेको छ । मोडल आयुसा कार्की र बाबु मुस्कान जीले अभिनय गरेका छन ।
चुमन काउछाले एरेन्ज गरेको गित मञ्जरी स्टुडियोले बजारमा ल्याएको हो ।
हेर्नुहोस पुरा भिडियो






