काठमाडौँ। नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् ।
शनिबार पनि २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा २ हजार ८४६ जना निको भएका थिए । हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।






