काठमाण्डौ । गायक एंव निर्देशक ओम तामाङ वाइबाको ह्योल्मो गीत ‘ह्योल्मो ह्युल’ बजारमा आएको छ । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।
सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा डोल्मा ओमु ह्योल्मोको शब्द, संगीत र स्वर गायक एंव निर्देशक ओम तामाङ वाइबाको रहेको छ । जोगलाल लामाले संयोजन गरेको उक्त गीतलाई दिपएश प्रधानले मिक्सिङ गरेका हुन ।
भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन भने बज्र ङेसुरले सम्पादन गरेका हुन । भिडियोलाई उनै गायक एंव निर्देशक ओम तामाङ वाइबाले कोरियोग्राफी र निर्देशन गरेका हुन भने उक्त भिडियोमा मोडल पुर्णिमा थोकर, अलेक्स ह्योल्मो (नन्दु) र सुनिल दोङ्को अभिनय देख्न सकिन्छ ।






