काठमाण्डौ । कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ६९८ , भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
एकै दिन २०२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ ।
१७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ११ हजार ४५८ पीसीआर परीक्षण गरिएको छ।
मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला र रसुवामा संक्रमितको शून्य संख्य रहेको छ।
यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ ।