काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्। मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।
मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।