काठमाडौँ । उपचारको क्रममा कोरोना संक्रमणबाट काठमाडौं र रामेछापका एक/एक जनाको निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ३० गते उनीहरुको ललितपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी काठमाडौंकी ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो ।
यस्तै भदौ २४ गते भर्ना भएका निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।