काठमाण्डौ । गायक प्रमोद खरेलको आवाजमा रहेको ‘म नेपाली हुन सकुँ´ बोलको गीत बजारमा आएको छ ।
गीतकार यम आचार्यको शब्दमा रहेको गीतको सङ्गीत दिपकराज बिश्वकर्माले भर्नुभएको हो । साथै उक्त गीतको एरेन्जर पुष्कर सुनुवार हुनुहुन्छ ।
म्युजिक भिडियो लाई सुप्रसिद्व म्युजिक च्यानल ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको छ ।
प्रकाश धिताल द्वारा निर्देशित भिडियोमा कलाकार दिलिप रायमाझी , सङ्गिता थापा, प्रमोद श्रेष्ठ , दिपकराज बिश्वकर्मा, निर्मला स्नेही लगायतको अभिनय रहेको छ ।






