बिजयराम मृत्यु प्रकरणमा एक प्रहरी निरीक्षक सहित तीन प्रहरी निलम्बित

सन्तोष काफ्ले १६ भाद्र २०७७, मंगलवार फोटो समाचार

रौतहट । प्रहरी हिरासतमा रहेका युवक बिजय रामलाई यातना दिएर मृत्युवरण हुन बाध्य पार्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सहित तीन जना प्रहरी हबल्दार निलम्बनमा परेका छन ।

गृहमन्त्रालयको सचिव स्तरीय निर्णयबाट प्रहरी निरिक्षक नबिन सिह र प्रदेश नम्बर २ प्रहरी कार्यालय बाट हबल्दारद्धय हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंह लाई निलम्बन गरेको छ । गत साउन ३१ गते गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडिया स्थित सच फलफुल नर्सरी बागबानी फर्ममा कार्यरत सोही स्थान निबासी २० वर्षिय निरन्जन रामको घाटी रेटेर हत्या भएपछि सो आरोपमा प्रहरीले बिजय महरा सहित ७ जना लाई पक्राउ गरेपछि ती तीनै जनाले महरालाई निर्मम यातना दिएको खुल्न आएको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाको पछाडी रहेको महिला तथा बालबालिका सेबा केन्द्रमा साउन २ र ३ गते महरा लाई लगेर प्रहरी अधिकारीले निर्मम यातना दिएको देखिने निल डाम र चोटपटकका दागहरु भएको मृतक रामको तस्वीरहरु सामाजिक संजालमा सार्बजनिक भएका थिए । ईलाका प्रहरी कार्यालयको थुनुवाकक्षबाट जिल्ला प्रहरी कार्यालय गौरका अर्का हबल्दार अजय यादबले समेत महरा लाई बुझेर लगेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले प्रहरी निरिक्षक सहित तीन जना लाई निलम्बन गरिएको बताउनु भयो ।

प्रहरी निरिक्षक सिंहलाई प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय ९४० बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णय बाट निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्धय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधामले ६ महिनाको लागि निलम्बन गरिएको जनाइएको छ ।


यातनाबाट चिन्ताजनक अबस्थामा पुगेका महराको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारको क्रममा भदौ १२ गते मृत्यु भएपछि दलित समुदाय र स्थानीयबासिन्दा दैनिक आन्दोलित हुँदै आएका छन । निधन हुनु अघि बिजय महराले भिडियो मार्फत आफुलाई सादा पोशाकमा आएका प्रहरीले करेन्ट, पाईप, बासको लौरो, बुटले कुटेर यातना दिएको बताएका थिए । राम हत्याकाण्डमा प्रहरीले बिजय महरा सहित ७ जना लाई पक्राउ गरेपनि दोषि उम्काउन निर्दोष फसाउन लागेको भन्दै दलित अधिकारकर्मी सहितका सामाजिक अभियन्ताहरु आन्दोलित हुदै आएका थिए । यसैबीच तीनै निर्दोष भनिएका बिजय महरालाई हत्या स्वीकार गराउन चरम यातना दिएको परिवारजनले बताउदै आएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार