काठमाडौं । गायक किरण गाैतमकाे लाेक दाेहाेरि गीत ‘साइली’ बजारमा आएको छ ।
उक्त गीतमा शब्द तथा संगीत गायक किरण गाैतमको रहेको छ भने उनलाई आवाजमा गायिका स्मृति गाैतमले साथ दिएका छन । पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् ।
शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ ।
भिडियाेमा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासकाे अभिनय देख्न सकिन्छ ।
प्रभावन जे ले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुंमागाईले छायांकन, नवीन भट्टले सहायक निर्देशन, राजाराम गाैतम कास्टिङ डिरेक्टर , श्याम धिताल उत्पादन नियन्त्रक , विवेक चाैलागाईले व्यवस्थापन , डिनसन शाहले सम्पादनकलर र अनिता ग्वाछाले श्रृगार गरेका हुन ।






