काठमाडौँ । नेपालमा पछील्लो २४ घण्टामा देशभर ७०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार
कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको जानकारी दिए ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ७६८ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ८३२ पीसीआर परीक्षणमा भएकाे थियाे ।
बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २६४ जना सङ्क्रमित डिस्चार्ज भएका छन । याेसँगै हालसम्म १७ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसका कारण बिहीबार थप ६ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय २६ पुगेको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो । काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले दिनुभयो ।






