“लौ न बोलिदेऊ” गीत सार्वजनिक

उज्यालो प्रतिनिधि ४ भाद्र २०७७, बिहीबार संगीत

काठमाण्डौ । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको “लौ न बोलिदेऊ” गीतको म्युजिक भिडियो यही बिहीबार सार्वजनिक गरिएको छ ।

वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयाेजन र एचबिएन किस्मतको मिक्सिङ रहेकाे उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो “१डिबी एचडी” मा तयार गरिएको हो ।

संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।

गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।

“लौ न बोलिदेऊ” गीत शिव परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएकाे उक्त गीत उनको एघारौं सांगीतिक संग्रह “शिवालय” मा संग्रहित रहने छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार