काठमाण्डौ । चर्चित गायक स्वरुप राज आचार्यको ‘समयले होकी’ बजारमा आएको छ ।
गीतमा बिष्णु बाबु देवकोटाको शब्द, बलन्द्र राइको संगीत रहेको छ ।
बिरेन्द्र भट्टले छायांकन गरेको उक्त भिडियोलाई किरण राज थापाले सम्पादन गरेका हुन भने चर्चित मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन । उक्त भिडियोमा प्रकाश आचार्य, सारीका घिमिरे, र उनै चर्चित मोडल एंव निर्देशक हेरुका लामाको अभिनय देख्न सकिन्छ ।






