सविन भट्टराई र बिमल गौतमको ‘बाउन्स ब्याक’ (भिडियो)

उज्यालो प्रतिनिधि १७ श्रावण २०७७, शनिबार संगीत

काठमाडौं । गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि सर्बत्र चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाइ छ ।

आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । जीवन उपयाेगी,उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड -१९) ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत सविनको भनाइ छ । 2D एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा द्वारा तयार गरिएकाे यस भिडियाेकाे भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी,निर्देशन नारायण तिमल्सिना गाेर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रा.लि. ले पाेष्ट प्राेडक्सन तथा निर्माण गरेकाे हाे। पुरा भिडियो हेर्नुहोस् :

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार