काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङद्धारा निर्देशित ‘बेहोस’ बोलको गीत बजारमा आएको छ । तामाङ चलचित्र जगतमा नायक र निर्देशकको सकृय भूमिका खेलेका दोङ तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित छन ।
गायक हावा लामाको आवाज रहेको उक्त गीतमा कुमार सिै लोप्चनको शब्द, निमा दोङको संगीत र दिपएश प्रधानको संगीत संयोजन र मिक्सिङ रहेको छ ।
गीतको भिडियोमा कुसाङ लामा र कल्पना दोङको साथै कुइसाङ रुम्बा र अमिर दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन,कोरियोग्राफी र सम्पादन तामाङ चलचित्र जगतका महानायक अमिर दोङले गरेका हुन।
भिडियो हेर्नुहोस






