काठमाण्डौ । गायक दुर्गेश थापाको ‘बिच बिचमा ३’ बजारमा आएको छ । गायक थापाको टिमलाई भिडियोमा साडी लाएको भेषमा देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा केही दिन अघी सार्वजानिक गरेको ‘बिच बिचमा ३ ‘ को पोस्टरमा धेरै जनाले नकरात्मक प्रतिकृया जनाएका थिए ।


गीतमा कृष्ण बिक कको संगीत संयोजन रहेको छ भने शब्द,संगीत बसन्त थापाको रहेको छ । श्याम श्वेत रसाइलिले मिक्सिङ गरेको उक्त गीतमा गायक दुर्गेश थापाको स्वर रहेको छ ।
अर्जुन तिवारीले छायांकन,काजिश श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेको उक्त भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र कलर गरेका हुन ।






