“जाडो मौसममा कोरोना भाइरस धेरै फैलन सक्छ”

एजेन्सी ।अनुसन्धानकर्ताहरुले जाडो मौसममा भाइरस लामो समय बाँच्न सक्ने र धेरै फैलने सम्भावना रहेको बताएका छन ।
बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सको आग्रहमा तयार गरिएको यस रिपोर्टले जाडो याममा कोरोना भाइरसको प्रभाव कस्तो रहन्छ भन्नेबारे ठूलो अनिश्चितता रहेको विषयमा जोड दिएको छ । यद्यपी, यस अनुसन्धानअनुसार जाडो मौसममा भाइरस लामो समय बाँच्न सक्छ र मानिसहरुले घरभित्रै धेरै समय बिताउँदा धेरै फैलने सम्भावना रहन्छ ।

कोरोना भाइरसको पुनरावृत्तिसँगै सिजल फ्लु र कोरोनाबाहेकका अन्य रोगका कारण पनि राष्ट्रिय स्वास्थ सेवासँग जोडिएका अधिकारीहरु ठूलो दबाबमा हुनेछन् । बेलायतमा कोरोनाको पहिलो लहरले नै कारण स्वास्थ प्रणाली नराम्ररी प्रभावित बनाएको छ ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जाडोयाममा झन्डै १ लाख २० हजारको ज्यान जानसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सर्वेक्षणमा विभिन्न वैज्ञानिकहरुले अति खराब अवस्थाको प्रक्षेपण गर्दै अस्पतालमा मात्रै २४ हजार ५ सयदेखि २१ लाख ५१ हजार जना सम्मले ज्यान गुमाउन सक्ने अनुमान गरेका हुन् । जनवरी र फेब्रअरीमा संक्रमण उच्च अवस्थामा हुने उनीहरुको अनुमान छ ।

साउथ ह्याम्पटन विश्वविद्यालय अस्पतालका स्वासप्रश्वास विशेषज्ञ स्टेफेन होलगेटले भनेका छन्, ‘यो अनुमान होइन, सम्भावना हो । यस सर्वेक्षणले कोभिड–१९ को नयाँ लहरपछि जाडोयाममा मृतकको संख्या बढ्नसक्ने संकेत गरेको छ । तर यदी हामीले तत्कालै कदम चाल्यौ भने यस्तो हुनसक्ने खतरा कम हुन सक्छ ।’

अहिलेसम्म कोरोनाकै कारण बेलायतमा ४४ हजार ८ सय ३० व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपि मृत्यु हुनेको संख्या जुलाईमा कम भएको छ र यस महिना अहिलेसम्म १ हजार १ सय जनाले मात्रै ज्यान गुमाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार