नवलपरासी पश्चिमको सीमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप, चार राउन्ड हवाई फायर

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७७, सोमबार फोटो समाचार

रबिन्द्र यादव । नलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका वडा नं ५ सँग जोडिएको बसहिया भारत र नेपालको सीमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते भएका छन् ।

 

स्थानिय एक महिलाले भारततर्फबाट खेतलाई हाल्ने मल लिएर आउँदै गर्दा प्रहरीसँग भनाभन गरेपछि अन्य सयबढी स्थानियहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए । प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते शसस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ । अन्यको निधारमा चोट लागेको छ ।

स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार