कमल राज पुरी ,गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोना मुक्त भएका छन । गुल्मीमा पहिलो पटक जेठ ५ गते पहिलो पटक मदाने गाउपालिकाका शिक्षकलाई कोरोना पुष्टि भएको थियो ।
छिमेकी गाउपालिकामा कोरोना पुष्टि भएपछी धुर्कोट गाउपालिका का स्थानिय व्यापारी ,जनप्रतिनिधी, पत्रकार सवारी चालक , प्रहरी लगायतको स्वाब सँकलन गरि परिक्षणको लागि पठाइएको थियो । जेठ १२ गते गाउपालिका अध्यक्ष सहित अर्का एकजनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए सँगै गाउपालिका अध्यक्षले विज्ञप्ती निकालेर आफुलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका थिए ।
जेठ १८ गते पुन स्वाब सँकलन गरि पठाईएको थियो । २४ गते आएको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना मुक्त भएका छन ।।






