युएई-नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता पाएको सेन्चुरी बैंकको प्रोडक्ट सेन्चुरी रेमिटले समस्यामा परेका युएईमा नेपालीहरुलाई खाद्यान्न सहयोग गरेको छ । युएईमा रहेका नेपालीहरुको पछिल्लो समयमा देखा परेको समस्या समाधान गर्न सेन्चुरी रेमिटले एक लाख रुपैयाँभन्दा बढीको खाद्यान्न वितरण गरेको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले बताए ।
युएईमा कोरोना भाइरसको कारण कम्पनीले कामविहीन बनाएका, भिसा सकिएर नेपाल फिर्ता हुने तयारीमा रहेका, भिजिट भिसामा आएर समस्यामा परेका नेपालीका लागि सेन्चुरी रेमिटले सहयोग गरेको अबुधाबी राहत समुहका अभियन्ता दुर्योधन कार्कीले उज्यालो नेट्वर्कलाई जानकारी दिए ।
सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत सोमबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल, प्याज र आलु १ सय केजी र ५५ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको सामाजिक अभियन्ता कार्कीले जानकारी दिए ।


राहत हस्तान्तरण गर्दै पौडेलले परदेशमा नेपालीलाई दुःखमा साथ दिन सेन्चुरी सधैं तत्पर रहेको जानकारी दिनुभएको छ ।
जून १ तारिख सेन्चुरी रेमिटको तर्फबाट उपलब्ध उक्त सामग्री एनआरएनए युएई उपाध्यक्ष नरेश सेनले ग्रहण गरेको बताउनुभएको छ ।
यस्तै सेन्चुरी बैंकले गैरआवासीय नेपाली संघ युएईको राहत वितरणमा पनि सहकार्य गरेको छ । प्रकाश पौडेललगायतको अबुधाबी राहत समुहले प्रभावकारी तरिकाले राहत वितरण गरिरहेको एनआरएनए (एनए) युएईका सहकोसाध्यक्ष फडिन्द्र ढकालले बताउनुभयो । यो समुहमा सर्वसाधारण नेपाली श्रमिकदेखि, व्यावसायी र पत्रकारहरु पनि सम्लग्न छन् ।
सहयोगी दाताहरुद्वारा प्राप्त राहतलाई पीडित नेपाली समक्ष पुर्याउन पुलको काम गर्ने यो समुहमा दुर्योधन कार्की, मनोज सैजु, राजेश श्रेष्ठ, महेश श्रेष्ठ, उमाकान्त पान्डे, रुपेश अधिकारी, कृष्ण गौतम, शन्कर राज घिमिरे, पुर्ण डुम्रे, मनोज श्रेष्ठ, भिम श्रेष्ठलगायतका व्याक्तित्व हुनुहुन्छ ।
नेपाली दूतावास अबुधाबीको राहत वितरणमा पनि सेन्चुरी रेमिट्का युएई प्रमुख पौडेललाई अग्रपंक्तिमा देख्न सकिन्छ ।






