सोती घटना : दोषीलाई कार्वाही माग गर्दै जिप्रका सिरहामा ज्ञापन पत्र

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७७, शुक्रबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । जाजरकोटका नवराज विश्वकर्मा सामूहिक हत्या प्रकरणका दोषीहरुलाई तत्काल कडाभन्दा कडा सजायको माग गर्दै नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाले जिल्ला प्रसाशन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सहित ४ जनाको हत्यामा संलग्न स्थानीय जनप्रतिनीधि सहितलाई तत्काल कार्वाहीको माग गर्दै नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाका अध्यक्ष उमेश वराल लगाएत पदाधिकारीले प्रमुख जिल्ला अधिकारी सिरहाका सरोजप्रसाद गुरागाँईलाई ज्ञापनपत्र बुझाएको हो ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोति निवासी मल्ल थरका युवतिसँगको अन्तरजातीय प्रेमसम्बन्धका कारण नवराज सहित उनका साथीहरुको बरबरतापूर्ण ढङ्ले यातनापछि हत्यो घटनाले हामीलाई तरङ्गित र आक्रोशित बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनत्रमा भनिएको छ, ‘अन्तरजातिय प्रेमका कारण कुनै युवकले आजको २१ औं सत्ताब्दीमा पनि ज्यान गुमाउनु पर्ने घटनाले सिङ्गो नेपाली समाजलाई लज्जीत बनाएको छ भने सिङ्गो दलित समूदायलाई एकपटक फेरी आक्रोशित र तरङ्गीत बनाएको छ ।’
दलितमाथि भएको यस्तो जघन्य अपराधको घटनामा स्थानीय जनप्रतिनिधीको संलग्नताले झन दलितहरुलाई आक्रोशिषत बनाएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कानुनका संरक्षकहरु यसरी भक्षकका रुपमा उत्रुनु कानूनी राज्यको नाङ्गो उपहास हो ।

दलित माथि हुने जातिय विभेदका घटना घटनुको सट्टा बढिरहेको अवस्थाले राज्य उदासीन रहेको घाम झौं छर्लंङ्ग भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यसै अवस्था रहे दलितहरु सधैं टुलुटलु हेरेर बस्ने अवस्था रहँदैन’ विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा, ‘यस्तो बर्बर सामुिहक नरसंहारमा राज्य कडा रुपमा प्रस्तु नभए हामी दलित समूदाय प्रतिरोधमा उत्रनुको विकल्प रहँदैन,’ भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार