सामाजिक दुरी : जब न्यूजिल्याण्डकी प्रधामन्त्रीलाई रेष्टुरेन्टमा ठाउँ नभएको भन्दै फिर्ता पठाइयो

कुनै देशको प्रधानमन्त्री कफी पिउन कुनै रेष्टुरेन्ट जानु भनेको नौलो कुरा हो । त्यसमाथि पनि कुनै रेष्टुरेन्टमा जाँदा देशको प्रधानमन्त्रीलाई बाहिर उभ्याइनु भनेको अकल्पनीय कुरा हो । तर शनिबार न्यूजिल्याण्डमा ठ्याक्कै यस्तै भयो । प्रधानमन्त्री जसिन्डा आर्डर्न आफ्नो पार्टनर क्लार्क ग्रेफार्डसँग वेलिङ्टनको चर्चित क्याफे ओलिवमा कफी खान पुगिन् । तर त्यहाँका म्यानेजरले प्रधानमन्त्री आर्डर्नलाई रेष्टुरेन्टमा बस्नका लागि ठाउँ नभएको जानकारी दिए ।

वास्तवमा, कोरोनाको यो समयमा सामाजिक दुरीको कडा नियमका कारण उनलाई प्रवेशमा रोक लगाइएको हो ।

यद्यपि, करिब पौने घण्टापछि उनलाई बस्नका लागि प्रबन्ध मिलाइयो ।

द गार्डियनका अनुसार जोय नामका एक व्यक्तिले ट्वीटरमा यसबारे जानकारी दिएका हुन् ।

उनले लेखे, ‘ओएमजी, न्यूजिल्याण्डकी प्रधामन्त्रीलाई ओलिभ रेष्टुरेन्टमा ठाउँ नभएको भन्दै फिर्ता पठाइयो ।’

न्यूजिल्याण्डमा सामाजिक दुरीको नियम अनुसार रेष्टुरेन्टमा सय जना व्यक्तिलाई मात्र अनुमती छ र मानिसहरुले १ मिटरको दुरी कायम गर्नुपर्नेछ । रेष्टुरेन्टले यसै नियममा बाँधिएर प्रधानमन्त्रीलाई तत्काल सुविधा दिन नसक्नुमा यी प्रयोगकर्ता चकित भएका थिए ।

आर्डर्नका पार्टनर क्लार्कले उनको ट्वीटमा जवाफ फर्काउँदा यसका लागि आफू जिम्मेवार भएको बताए ।

‘यसका लागि म पूर्ण रुपमा जिम्मेवार छु । म व्यवस्थित हुन सकिनँ र कुनै रेष्टुरेन्टको पनि टेबल बुक गरिनँ,’ उनले लेखे । ‘यद्यपि, टेबल खाली भएपछि उहाँहरुले हाम्रो लागि स्थान बनाइदिनुभयो र निकै राम्रो सर्भिस पनि दिनुभयो ।’

अन्य देशमा हुँदा हो त नेताहरुले उचित व्यवस्थाका लागि कर्मचारी पठाउने थिए । तर न्यूजिल्याण्डमा त्यस्तो भएन । यसबारे आर्डर्नका प्रवक्ताले भने, ‘भाइरसका कारण सामाजिक दुरीको नियम लागू गरेपछि क्याफे बाहिर धेरैजना कुरिरहेको देख्न सकिन्छ । अन्य नागरिकले झैं प्रधानमन्त्रीले पनि कुर्नुभयो ।’

आफ्नो नाम नबताउने शर्तमा रेष्टुरेन्टका मालिकले न्यूजिल्याण्ड हेराल्डसँगको कुराकानीमा विगत दुई महिनादेखिको तनावयुक्त माहौलपछि केही रमाइलो पक्षबारे कुरा गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।

उनले प्रधानमन्त्रीका लागि केही विशेष नगरेको स्विकार गर्दै रेष्टुरेन्टका म्यानेजरले सुरुमा प्रम र उनका पार्टनरलाई फर्काएको जानकारी दिए । यद्यपि, केही मिनेटपछि टेबल खाली भएपछि व्यवस्था मिलाइएको उनले बताए । उक्त टेबल पनि सुरुमा अन्य ग्राहकका लागि अफर गरिएको कुरामा उनले जोड दिए ।

‘उहाँहरुले हाम्रो क्याफेमा आधा घण्टा बिताउनुभयो,’ उनले भने, ‘उहाँले हाम्रा प्रत्येक कर्मचारीसँग निकै राम्रो व्यवहार गर्नुभयो र हामीले उहाँलाई अन्य ग्राहक झैं व्यवहार गर्यौं ।’

प्रधानमन्त्रीले के–के अर्डर गर्नुभयो भन्ने प्रश्नको जवाफ उनले दिन चाहेनन् । यद्यपि, प्रधानमन्त्रीकी २३ महिने छोरी नेभे भने उपस्थित नभएको पुष्टि गर्दै उनले भने, ‘त्यो उहाँहरुको डेट ब्रन्च थियो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार