कवि प्रधानमन्त्री ओली अब गीतकार पनि !

उज्यालो प्रतिनिधि ३० बैशाख २०७७, मंगलवार संगीत

काठमाण्डौ । १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो।

सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन्। र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन्। कविताको शीर्षक थियो, ‘अब आँसु खसाउनु पर्दैन’।

सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे। र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि।

योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो। अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले। 

रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् । कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन्।

त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए।

अस्पतालमै रहेका वेला प्रधानमन्त्री ओलीले आफूलाई ‘यो कवितामा संगीत बन्न सक्छ’ भनेर सोधेको योगी बताउँछन् । फोनबाटै ओलीले योगीलाई कवितावाचन गरेर सुनाएका थिए।

छानेर नि हैन, हैन जानी जानी
तर जन्मिएँ नेपालमै, म भाग्यमानी
अहा १ कति भाग्यमानी ।
सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँकति भाग्यमानी
म त कति भाग्यमानी?

यस कवितामा प्रधानमन्त्री ओलीले जन्मभूमिप्रतिको उत्तरदायित्व र कर्तव्य उल्लेख गरेको योगी बताउँछन्। उनको बुझाइमा आफूलाई परेका दुःख सहेर पनि संकल्पको बाटोेबाट विचलित नहुने भाव यस कवितामा प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चन न्यौपानेले लेखेकी छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार