कानुनद्वारा १५० परिवारलाई राहत वितरण

उज्यालो प्रतिनिधि २९ बैशाख २०७७, सोमबार १ नं. प्रदेश

सुनसरी । स्थानीय सरकारले दिएको राहत सकिएकाले केही दिनदेखी भोकै रहेका सुनसरीको इनरुवा ९ बबियाका मुसहर तथा विपन्न परिवारलाई यूएसमा बस्दै आउनुभएका दानबीर कानुन चौधरीले राहत वितरण गर्नुभएको छ ।

लामो लकडाउनको बेला दैनिक मजदुरी गरी खानेहरुलाई हातमुख जोड्न समस्या भएको वडाले दिएको १० केजी राहत सकेर हप्तादेखी भोकै बसिरहेकाहरुलाई राहत वितरण गर्नुभएको हो । चौधरीले युएसबाट पठाउनुभएको करिव दुई लाख ५० हजार रुपियाँ बजारको राहत आफ्नो जन्मथलो सुनसरीको इनरुवा ९ बबियाका स्थानीयहरुलाई वितरण गर्नुभएको हो । चौधरीले बुवा स्व.बुद्धिलाल चौधरी, आमा स्व.रोजनी थरुनीको नामबाट राहत वितरण गर्नुभएको हो । इनरुवा नगरपालिकामा उदाहरणी रुपमा भोको पेटका लागि बास्तवीक पिडितहरुलाई खोजेर राहत वितरण गरेको छ ।

सुकुम्बासी, जनमजदुरी गर्ने र विपन्न घरपरिवारलाई चौधरीले पठाएको रकमबाट दाजुभाई भुनेश्र चौधरी, किसोर चौधरी, बैहीनी सिता र गिता चौधरीले आफ्नै घरबाट राहत वितरण गरिएको हो । नगरपालिकालाई राहत हस्तान्तरण गर्दा राहत वितरण ढिलो हुने भएकाले व्यक्तिगत रुपमै घरबाटै राहत वितरण गरेको कानुन चौधरीकी बैहीनी सिता चौधरीेले जानकारी दिनुभयो । इनरुवा ९ का एक सय ५० परिबारलाई २५ किलो चामल, १ प्याकेट नुन र १ लिटर खाने तेल सहितका राहत वितरण गरिएको चौधरीले जानकारी दिनुभयो ।

राहत लिन आएका स्थानीयहरु भोकै बसेको बेला राहत पाएपछि खुशी ब्यक्त गर्दै दातालाई धन्यवाद ज्ञापन गरेको स्थानीय विनोद चौधरीले जनकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार