कपिलवस्तुका कोरोना संक्रमित दाजुभाइ ३ दिनअघि मुम्बईबाट लुकिछिपी आएका थिए

उज्यालो प्रतिनिधि २६ बैशाख २०७७, शुक्रबार समाचार

कपिलवस्तु । कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ । भारतको मुम्बईबाट आएका उनीहरू ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका थिए ।

संक्रमित रहेका २ भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टाइनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमुना संकलन गरी काठमाडौं पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिका(२ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार