राजा वीरेन्द्र शाहको भवन श्रीसदन खुलेनन्

उज्यालो प्रतिनिधि २६ बैशाख २०७७, शुक्रबार समाचार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी गरेको थियो ।

विकास समितिका प्रमुख भेषनारायण दाहालका अनुसार श्रीसदनमा रेलिङ लगाउने काम मात्र बाँकी थियो । श्रीसदनका कक्ष र वीरेन्द्रले प्रयोग गरेका सामानको परिचय खुल्ने क्याप्सन तयार भइसकेको थियो ।

सफाइ कार्य पनि सकिइसकेको थियो । बाँकी काम सम्पन्न गरेर श्रीसदन खुला गर्ने सोचमा विकास समिति थियो ।

बन्दाबन्दीका कारण सबै काम रोकिएको छ भने नारायणहिटी सङ्ग्रहालय र श्रीसदन बन्द छ । २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यको यहीँ त्रिभुवन सदनमा नरसंहार भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार