बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि झापामा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक निर्माणको काम अगाडि बढाइएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, “कोरोना महामारी नभएको भए अहिले पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनलाई पूर्ण पालना गर्दै अहिले मेचीनगर–२ र ४ लाई जोड्ने दुई हजार ६६० मिटरको सडक निर्माणको काम शुरु गरिएको छ ।

मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको रु सात करोड ४४ लाखको लागतमा सो सडकको निर्माण कार्य शुरु भएको हो । मेचीनगर–२ भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट मेचीनगर–४ को राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र सडक किनारमा ड्रेन निर्माण कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख उप्रेतीले बताइन् सो सडक निर्माणको स्थलगत अनुगमनमा आज नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङ, प्राविधिक विकास लिम्बू र विशाल राजवंशीसहित पुगेकी उपप्रमुख उप्रेतीले सडक निर्माणमा कार्यरत ५० जना मजदुरलाई भौतिक दूरी कायम गरेर काममा लगाइएकोे बताइन्

मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको ५०÷५० प्रतिशतमा गरिएको निर्माण कार्यको ठेक्का रौताहा शान्ति जेभियर्सले लिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई जिम्मा लगाउनुपर्ने सर्तअनुसार काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार