सिमेन्ट कालोबजारी गर्ने पसलका संचालक पक्राउ

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको मिर्चैयामा निर्धारीत मुल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको टोलीले मिर्चैया नगरपालिका वडा नं. ५ स्थित रहेको भाग्य विधाता आयरण स्टोर्सका संचालक राज कुमार मगर १० बोरा सिमेन्ट सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारले वताए अनुसार भाग्य विधाता आयरण स्टोर्सका संचालक राज कुमार मगरले मिर्चैया नगरपालिका वडा नं। ७ बस्ने टिका राम पोखरेललाई विक्री गरि सो सिमेन्ट स. १ ह. २७७९ नं. को अटोमा लोड गरेको अवस्थामा फेला परेको हो । उकक्त सिमेन्टको विल माग गर्दा संचालक मगरले उक्त सिमेन्ट प्रतिबोरा रु.आठ सयको दरले विक्री गरेको हो । उक्त सिमेन्ट टिका राम पोखरेलले राज कुमार मगर संग प्रतिबोरा ८ सय ७० को दरले कुरा मिलाई ८ सयको दरले विल रसिद काटिएको हो ।

बरामद गरेको सिमेन्ट भाग्य विधाता आयरण स्टोर्स संचालक मगरले यहि बैशाख २१ गते रातीको समयमा जनकपुरको व्यपारी राज कुमार जैन संग प्रतिबोरा ७ सय ६० को दरले जम्मा ३५० बोरा सिमेन्ट खरिद गरेको हो । त्यस मध्ये १० बोरा सिमेन्ट टिका राम पोखरेललाई विक्री गरेको र बाँकी ३४० बोरा सिमेन्ट भाग्य विधाता आयरण स्टोर्समा रहेकोले बरामद सिमेन्ट १० बोरा ईलाका प्रहरी कार्यालय मिर्चैयामा सुरक्षित राखी तथा बाँकी रहेको ३४० बोरा सिमेन्ट पसलमा नै ताल्चा लगाई सिल गरेको जानकारि भएको छ ।

मिर्चैया नगरपालीकामा खाद्यान्न समाग्रिको मूल्य पनि अकासिएको वेला निर्माण सामाग्रि व्यवसायहरुको यसतो किसिमको क्रियाकलालाई निरुत्साहित पार्नु प्रशासनको सराहनिय कार्य रहेको व्यापार संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहले वताउनु भयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार