ओलीसँग ‘चोचोमोचो’ मिलाएर प्रचण्डले धोका दिएको नेपाल समूहको निष्कर्ष

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार समाचार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ।

पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले निकालेको हो।

नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशंकित बनेको छ। बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए।

दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ताव बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह असन्तुष्ट बनेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार